Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

टुँडिखेलमा प्रचण्डले कायरता प्रदर्शन गरेको नेता भट्टको आरोप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा उद्योगमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध लडेका लडाकुहरुलाई विर्सिएको आरोप लगाएका छन् ।

पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै मन्त्री भट्टले टुँडिखेलमा गएर जनयुद्धमा सहिद भएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफू लिन्छु भनेर प्रचण्डले कायरता प्रदर्शन गर्न खोजेको पनि आरोप लगाए ।

नेता भट्टले भने–‘उहाँ (प्रचण्ड) टुडिखेलमा गएर ५ हजारको जिम्मा लग्छु भन्नुहुन्छ। १७ हजारको किन नलिने ? प्रचण्डले त्यो सक्नुहुन्न र उहाँमा कायरता आएको हो भने त्यसको जिम्मा हामी लिन्छौं। जनयुद्धमा १७ हजारको बलिदानी गएको छ।’

उनले थप भने–‘तर, यतिखेर उहाँ (प्रचण्ड) सडकमा हुनुहुन्छ। उहाँले अहिले तपाईं÷हामीलाई सम्झिनुभएको छ। उहाँले वितेको १४ वर्षमा जनमुक्ति सेनालाई सम्झिनुभयो कि भएन ? ती सहिद परिवारलाई सम्झिनुभयो कि भएन ? ती घाइते अपाङ्गलाई सम्झिनुभयो कि भएन ?’

नेता भट्टले शान्ति प्रक्रियापछि तत्कालीन जनयुद्धको नेतृत्व गरेका दाहालले जनयुद्धमा योगदान दिएकाहरुलाई बिर्सिएको आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077