Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक बुधबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले बुधबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

केन्द्रीय समिति बैठक फागुन ५ गते बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टीका मूख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रिण केन्द्रीय सदस्य पनि उपस्थित हुनेछन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित बनेको कांग्रेसले सोही विषयमा थप छलफलका लागि केन्द्रीय समिति बैठक बोलाएको जनाएको छ।

पार्टीभित्र प्रतिनिधिसभा विघटनको विषयमा दुई धार देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरोधमा अगाडि नबढ्ने अडान लिएका छन् भने अन्य नेताले यसको खुलेर विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077