Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालमा भाजपाको सरकार बनाउने भारतीय नेताको अभिव्यक्तिबारे नेपालको ध्यानाकर्षण

काठमाडौं । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिबारे नेपाल सरकारले ध्यानाकर्षण गराएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार भारत सरकारलाई औपचारिक रुपमा ध्यानाकर्षण गराएको बताए ।

भारतको त्रिपुराका मुख्यमन्त्री देवले शनिबार भाजपाका तत्काललिन अध्यक्ष तथा गृहमन्त्री अमित शाहबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपाल सरकारको ध्यानाकर्षण भएको हो ।

शाहले नेपालमा पनि भाजपाको संगठन बनाउने र सरकार नै गठन गर्ने तयारी गरेको भन्दै देवले दावी गरेका थिए । देवको अभिव्यक्तिलाई लिएर भारतका अन्य नेताहरुले पनि आलोचना गरेका थिए ।

देवका अनुसार शाहले भाजपाको अध्यक्ष रहेका बेला एक बैठकमा त्यस्तो योजना सुनाएका थिए । तर उनले कुनै प्रमाण भने सार्वजनिक गर्न सकेनन् । यसबारे विवाद चर्को हुन थालेपछि परराष्ट्रमन्त्री ज्ञवालीले ट्वीटरमार्फत औपचारिक रुपमा आपत्ति व्यक्त गरिसकिएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077