Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतीय गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड–नेपाल समूहको आपत्ति, स्पष्टीकरण माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको भारतीय गृहमन्त्री अमित शाहको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्ता किसिममा अभिव्यक्तिले दुई छिमेकी मित्रराष्ट्रहरु बीचको सम्बन्धमा भ्रम छर्ने र नाकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र अमित शाहबाट प्रस्ट पार्न आग्रह गरेका छन् ।

केही दिन अघि भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले एक सार्वजनिक कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष एवं गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको संगठन विस्तार गरी सरकार गठन गर्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077