Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, प्रस्तावमाथि छलफल हुने

काठमाडौं । महाधिवेशनको नयाँ मिति फाइनल गर्नका लागि शुरु भएको काँग्रेसको केन्द्रीय समिति आज पनि बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

विधानअनुसार काँग्रेसको वर्तमान कार्यसमितिको पदावधि सकिनै लागेपछि बुधवार केन्द्रीय समिति डाकेर काँग्रेसले यसबारे छलफल चलाएको हो। चार वर्ष कार्यकाल रहेको कार्यसमितिको म्याद यसअघि एक वर्ष थप भइसकेको छ। संवैधानिक प्रावधान अनुसार नै थप ६ महिना बढाउने सक्ने व्यवस्थालाई टेकेर केन्द्रीय समितिमा उक्त प्रस्ताव पेस भएको हो।

महाधिवेशन आउँदो भदौ ७ देखि १० सम्म गर्ने प्रस्ताव गरिएको छ। कोरोनाका कारण लामो समयसम्म लकडाउन भएपछि महाधिवेशन अनिश्चित बनेको थियो। यसअघि फागुन ७ देखि १० गतेसम्म महाधिवेशनको मिति तोकिएको थियो।

तोकिएको अवधिमा महाधिवेशन नहुने भएसँगै ६ महिना समय थपको प्रस्ताव गरिएको हो। १४औँ महाधिवेशनबाट निर्णय पेस गर्नेगरि उक्त प्रस्ताव गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077