Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मुख्यमन्त्री शेरधन राईको पद धरापमा, कांग्रेसले अविश्वास प्रस्ताव पास गराउन सहयोग गर्ने

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अस्थिरता र अराजकता सिर्जना गर्ने उद्देश्यले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको वताएका बेला नेपाली कांग्रेस उनको बिपक्षमा उभिएको छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नम्बर एकको प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा  प्रचण्ड–माधब समूहलाई सहयोग गरेर पास गराइदिने बताएका छन् ।

विराटनगरमा शुक्रबार पत्रकारहरूसँगको कुराकानी गर्दै नेता पौडेलले सत्तापक्षको विपक्षमा बस्नु प्रमुख प्रतिपक्षको धर्म भएकाले प्रदेश १ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास गराउन कांग्रेसले समर्थन गर्ने बताएका हुन् ।

प्रस्ताव पास गराउन पार्टी सभापति शेरबहादुर देउवाले रोके पनि प्रदेशसभा सदस्यहरू नमान्ने पौडेलको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई काँध हाल्ने प्रस्ताव सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा ल्याउन नसक्ने दाबी पनि उनले गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077