Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दलः पूर्वराष्ट्रपति डा. यादव

    लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दलः पूर्वराष्ट्रपति डा. यादव

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    धनुषा । पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दल भएको बताएका छन् । शुक्रवार जनकपुरधाममा डा शोभाकर पराजुलीको दुई कृति ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसङ्ग्रह’को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दल भएको बताएका हुन् ।

    उनले भने, “अहिले सबैभन्दा ठूलो दल विभाजित भएको छ भने अर्को दल कांग्रेसको अवस्था पनि ठीक छैन ।” उनले प्रश्न गरे, “सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ? ठीक छ?”



    पूर्व राष्ट्रपति यादवले भोलि संसद् पुनःस्थापना नभए देश कुन बाटोमा जान्छ यो विद्धानलाई सोधुँला, त्यो म भन्न सक्दिनँ भन्दै लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेको हुँदा लोकतन्त्र रक्षाको लागि सबैले भूमिका खेल्नुपर्ने बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार