Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रदेश २ का प्रमुख झाद्वारा पदभार ग्रहण, विविधतालाई अवसरको रुपमा लिएर कामगर्ने प्रतिबद्धता

    प्रदेश २ का प्रमुख झाद्वारा पदभार ग्रहण, विविधतालाई अवसरको रुपमा लिएर कामगर्ने प्रतिबद्धता

    अनलाइन नेपाल
  • आइतबार, ९ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    धनुषा । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आइतबार पदभार ग्रहण गरेका छन् ।

    पदभार ग्रहण गर्दै प्रमुख झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने बताएका छन् ।



    उनले भनेका छन्ः ‘ जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज आशान्त र नागरिक असुरक्षित हुनसक्छ । प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’



    उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोेकेको प्रदेशमा काम गर्ने सौभाग्य पाएको बताउँदै विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै २ नम्बर प्रदेशलाई सकारात्मक रुपमा उदाहरणीय बनाउन कार्यमा बल पुर्याउने प्रतिबद्धता गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार