Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रदेश प्रमुख झाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

    प्रदेश प्रमुख झाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 3K
    SHARES

    काठमाडौं । प्रदेश नम्बर–२ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज)ले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    शुक्रबार साँझ शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पथ तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।



    सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने समारोहमा सहभागी भएनन् ।



    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गर्दै रौतहटका राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार