Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • तीन प्रदेशमा एमालेनिकट नयाँ प्रदेश प्रमुख सिफारिस, कुन प्रदेशमा को ?

    तीन प्रदेशमा एमालेनिकट नयाँ प्रदेश प्रमुख सिफारिस, कुन प्रदेशमा को ?

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 1K
    SHARES

    काठमाडौं । सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

    सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरी सो ठाउँमा नयाँ व्यक्तिहरुलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।



    बैठकले मधेस प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।



    यसअघिका प्रदेश प्रमुख गण्डकीका पृथ्वीमान गुरूङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार