Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मन्त्रीलाई शपथ खुवाउँदै गर्दा सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीको पद चैट

    मन्त्रीलाई शपथ खुवाउँदै गर्दा सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीको पद चैट

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 1.9K
    SHARES

    कैलाली । सोमबार अपरान्ह सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मन्त्रीको शपथ खुवाउँदै थिए ।

    तर चौधरीलाई मन्त्रीको शपथ धनगढीमा खुवाउँदै गर्दा उता काठमाडौंमा उनलाई हटाउने निर्णय संघीय मन्त्रिपरिषद् बैठकले गर्‍यो ।



    सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको सिफासिरमा नागरिक उन्मुक्तिबाट मन्त्री भएका चौधरीलाई प्रदेश प्रमुख जोशी शपथ ग्रहण गराउँदै थिए ।



    गत फागुन २१ गते केन्द्रको सत्ता समीकरणमा हेरफेर भएसँगै प्रदेशमा पनि असर देखिन थालेको छ । मन्त्रीलाई शपथ गराइसक्नेबित्तिकै जोशीलाई हटाउन राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पत्र पठाइएको औपचारिक जानकारी सुदूरपश्चिममा पुगेको छ ।

    उनीसँगै सरकारले सोमबार मधेसका हरिशंकर मिश्र र गण्डकीका पृथ्वीमान गुरुङलाई पनि हटाउन सरकारले सिफारिस गरेको छ। उनीहरू तीनैजना तत्कालीन गठबन्धन सरकारका बेला कांग्रेसको कोटामा नियुक्त भएका थिए ।

    साथै नयाँ प्रदेश प्रमुखका रूपमा नेकपा एमालेनिकट तीन जनालाई सिफारिस गरिएको छ । मन्त्रिपरिषद्ले मधेश प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँको नाम राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार