Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नवनियुक्त तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

    नवनियुक्त तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    बुधबार राष्ट्रपति पौडेलले मधेस प्रदेशमा सुमित्रा सुवेदी भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मिँयालाई प्रदेश प्रमुखमा शपथ गराएका हुन् ।



    सोमबार मन्त्रिपरिषदको बैठकले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेश देवराज जोशीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।



    त्यस अनुसार नै राष्ट्रपति पौडेलले उक्त सिफारिस स्वीकृत गरी पदमुक्त गरेका थिए। उनीहरु तीनैजना कांग्रेस निकटका थिए । अहिले एमाले निकटका व्यक्तिहरुलाई प्रदेश प्रमुख बनाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार