Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ओलीले सत्ता बचाउन नियुक्त गरेका तीन प्रदेश प्रमुखलाई आजै पदमुक्त गरिंदै

    ओलीले सत्ता बचाउन नियुक्त गरेका तीन प्रदेश प्रमुखलाई आजै पदमुक्त गरिंदै

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने तयारी गरिएको छ।

    स्रोतका अनुसार ओलीको पालामा प्रदेश प्रमुख रहेकाहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले हटाउन लागेको देउवानिकट स्रोतले जानकारी दिएको छ।



    ‘सरकारले प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुखलाई हटाउन लागेको हो’, उनी निकट स्रोतले भन्यो, ‘ सम्भवत: उनीहरूलाई आजै हटाइने छ।’



    यसअघि ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा राजेश अहिराज, गण्डकी प्रदेशमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादवलाई नियुक्त गरेकी थिइन् ।

    पूर्वप्रधानमन्त्री ओलीले गण्डकी र लुम्बिनीमा एमालेका मुख्यमन्त्रीहरूको सत्ता बचाउन र प्रदेश २ सरकारलाई अप्ठ्यारो पार्न नेकपा माओवादी केन्द्र निकटका मुख्यमन्त्रीहरू हटाएर आफू निकटका व्यक्तिहरू नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार