Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सर्वेन्द्र खनालद्वारा चुनाव लड्ने घोषणा

काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले आउँदो प्रतिनिधिसभा निर्वाचनमा आफू पनि उठ्ने घोषणा गरेका छन्।

एक टेलिभिजनसँगको अन्तर्वाताका क्रममा उनले चुनाव लड्ने घोषणा गरेका हुन।

तर, कुन पार्टीबाट र कहाँबाट उठ्ने भन्नेबारे छलफलमै रहेको खनालले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवीभण्डारीले प्रतिनिधिसभा बिघटन गरेपछी आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिएको छ।

खनालले राजनीतिमार्फतनै नीति निर्माण गर्ने तहमा गएर केही गर्नुपर्छ भन्ने सोचमा आफू रहेको बताएका हुन।

पूर्व प्रहरी महानिरीक्षक खनाल तनहुँका स्थानीय हुन।

उनले तनहुँ वा तराईका कुनै पनि जिल्लाबाट चुनाव लड्न सक्ने संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077