Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद पुनर्स्थापनाको स्वागत गर्दै माइतीघरमा दीप प्रज्वलन

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै काठमाडौंको विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको संसद विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूह निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेविसंघ, विवेकशील साझा पार्टी लगायतले काठमाडौंको शान्तिवाटिका र माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरेका हुन् ।

उनीहरुले सम्मानित अदालतले स्वागत योग्य निर्णय गरेको बताउँदै जनताको जित भएको भन्दै नाराबाजीसमेत गरेका छन् ।

यता,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा संकटकाल नलाग्ने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077