Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीले अर्को नौटंकी गरे झन दुर्गती हुने प्रचण्डको चेतावनी

काठमाडौंँ ।  सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि  प्रचण्डले नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।

अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् ।

त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी छ ।

सर्वोच्च अदालतले पुनर्स्थापनाको फैसला सुनाएपछि चितवनमा रहेका  प्रचण्ड र माधवकुमार नेपालले आपसमा बधाई साटासाट गरेका छन् ।

संसद् विघटनविरुद्ध दुई महिनादेखि आन्दोलन सञ्चालन गर्दै आएका प्रचण्ड र नेपाल बुधबार चितवनमा हुने आमसभाका लागि त्यहाँ पुगेका थिए ।

तर, सर्वोच्चको पछिल्लो फैसलापछि प्रचण्ड र नेपाल आमसभामा सहभागी नभई बुधबार बिहान काठमाडौं फर्किने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077