Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्वोच्चको फैसलालाई चुनौती दिँदै महेश बस्नेतले भने - एक गोल पोलमा लागेर फर्केको छ

काठमाडौंँ । सर्बोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सँसद बिघटन गर्ने कार्यललाई असंबैधानिक ठहर गर्दै संसद पुनर्स्थापना गर्ने आदेश जारी गरेपछी नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्चको फैसलापछि मुलुक राजनीतिक अस्थिरतातर्फ जाने सम्भावना बढेको बताएका छन् ।

बस्नेतले सामाजिक सन्जालमा लेख्दै भनेका छन्, 'सर्बोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्दछु। ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद बिगठन गरि निर्वाचनमा गएको प्रक्रिया बिगठन गरेको फैसलालले राजनीति १ दशकसम्म अस्थिरता र बिकृतीतर्फ फसेको थियो।

जिम्मेवार नेतृत्वले त्यो कुरा ध्यान दिएर सुजबुज पुर्ण कदम चाल्नुहुनेछ। सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता केपी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ। एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ।

मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्नुहोस। बिभाजनकारीहरुलाई एकताको प्रक्रियामा फर्काउनुस। पद,पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाइ सदाचारको बाटोमा हिडाउनु होस। राजनीतिलाई बिकृती र बिसंगती मुक्त बनाउनुहोस। हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाइ रहनेछ।'

बस्नेत प्रधानमन्त्री ओलीका कट्टर समर्थक नेताका रुपमा चिनिन्छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077