Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तत: महिला फुटबल टोलीले पायो प्रशिक्षक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पछि प्रशिक्षक विहीन रहेको नेपाल राष्ट्रिय महिला फुटबल टोलीले अन्तत: मुख्य प्रशिक्षक पाएको छ ।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा बसेको एन्फा टेक्निकल कमिटिको बैठकले राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेसँगै टोलीले प्रशिक्षक पाएको हो ।

महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस अघि फिलिप्स प्राविधिक निर्देशनको रुपमा काम गरिरहेका थिए ।

गत बर्ष पोखरामा भएको फाइलन खेलपछि महिला टोलीले हालसम्म कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077