Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पत्रकार हत्या प्रकरण : अमेरिकी गुप्तचर रिपोर्टलाई गलत भन्दै साउदीले दियो चेतावनी

एजेन्सी। साउदी अरब सरकारले पत्रकार जमाल खाशोज्जीको हत्याको बारेमा अमेरिकी गुप्तचरले सार्वजनिक गरेको प्रतिवेदनलाई गलत भन्दै अमेरिकालाई चेतावनी दिएको छ।

साउदीको परराष्ट्र मन्त्रालयले यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ।  विज्ञप्तिमा भनिएको छ, 'साउदी सरकारले जमाल खशोज्जी मुद्दाको अपमानजनक र गलत निष्कर्षमा पुग्न अमेरिकी रिपोर्टलाई अस्वीकार गर्‍यो। हामी यस रिपोर्टलाई अस्वीकार गर्दछौं। यस रिपोर्टमा एक गलत निष्कर्ष निकालिएको छ।'

साउदी अरबको विदेश मन्त्रालयले भनेको छ, 'यो नकरात्मक र बोगस रिपोर्ट हो। हामीले यस विषयमा पहिले नै भन्यौं कि यो गम्भीर अपराध हो, जसमा साउदी अरबको कानून र मूल्य उल्लंघन भएको थियो। हाम्रो सरकारले यस विषयमा अनुसन्धान गर्न सबै कडा कदमहरू चालेको थियो, ताकि न्याय हासिल गर्न सकियोस्। यसमा संलग्नलाई दोषी ठहराइयो र अदालतले उनीहरूलाई सजाय पनि दियो। अदालतको सजायलाई पनि जमाल खाशोजीको परिवारले स्वागत गरे। यस्तो अपराध फेरि नहोस् भनेर हामीले सबै आवश्यक कदमहरू चालेका छौं।'

साउदी विदेश मन्त्रालयले भने, 'हामी हाम्रो नेतृत्व, सार्वभौमिकता र स्वतन्त्र न्यायिक प्रणालीमा बाधा पुर्‍याउने हरेक प्रयासलाई अस्वीकार गर्दछौं। अमेरिका र साउदी अरबबीचको साझेदारी पछिल्लो आठ दशकहरुमा बलियो छ। यो साझेदारी परस्पर सम्मान र चासोमा आधारित छ। हामी यस क्षेत्रमा र सम्पूर्ण विश्वमा शान्ति र स्थायित्वका लागि काम गर्दछौं।'
२० अक्टुबर २०१८ मा जमाल खाशोज्जीको हत्या भएको थियो । हत्या इस्तानबुलको साउदी अरबको वाणिज्य दूतावासमा गरिएकोभएको थियो। यस मामलामा साउदी प्रशासनले अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरेको थियो ।

२०१९ डिसेम्बरमा, साउदी अरब अदालतले यस मुद्दामा ५ जनालाई मृत्युदण्ड र तीनजनालाई २४- २४ वर्ष कैदको सजाय सुनाएको थियो।।

साउदीको परराष्ट्र मन्त्रालयले अमेरिकी गुप्तचर रिपोर्ट भन्दै लेखेको छ, 'यो रिपोर्ट निकै कठोर छ। यसमा कुनै सत्यता छैन। बिल्कुल गलत निष्कर्ष कोरिएको छ। साउदी अरब यो गम्भीर अपराधको बारेमा धेरै गम्भीर छ र त्यस्ता अपराधहरू फेरि नगर्न प्रयास गरिरहेको छ। हामी हाम्रो नेतृत्वको बारेमा कुनै पूर्वाग्रह पूर्ण रूपमा अस्वीकार गर्दछौं।'

२०१९ मा, साउदीका क्राउन प्रिन्स मोहम्मद बिन-सलमानले सीबीएसलाई जमाल खाशोज्जीको हत्या आफ्नो आदेशमा  गरिएको हो भन्ने कुरालाई इन्कार गरेका थिए ।

बीबीसीका संवाददाता फ्रान्क गार्डनरका अनुसार धेरै पश्चिमी देशहरू सीआईएको रिपोर्टसँग सहमत भएको देखिन्छन्। - बिबिसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077