Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिडिओको सरुवामा गृहसचिवको मनपरी , बिबेकशील नेतृत्व भन्दै ताप्लेजुङका सिडिओद्वारा असन्तुष्टि

    सिडिओको सरुवामा गृहसचिवको मनपरी , बिबेकशील नेतृत्व भन्दै ताप्लेजुङका सिडिओद्वारा असन्तुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १५ फाल्गुन २०७७
  • 5.8K
    SHARES

    काठमाडौं ।  गृह मन्त्रालयले शुक्रबार निकालेको  ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवामा ठुलो चलखेल भएको खुलेको छ। कतिपय जिल्लामा एक बर्ष नपुगे पनि सरुवा गरिएको छ।

    संसद पुनर्स्थापनापछि कमजोर बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि बिहीवार सम्पत्ति शुद्धिकरण बिभागका महानिर्देशकसहित दर्जनौ सहसचिवहरुको सरुवा गरेका थिए।



    केही जिल्लाका सिडिओ र सहायक सिडिओको सरुवामा गृहसचिब महेश्वर न्यौपानेले आर्थिक चलखेल गरेको स्रोत वताउँछ।



    ओलीको स्वार्थमा केही जिल्लाका सिडिओ र सहायक सिडिओको सरुवा गरिएपनि न्यौपानेले पनि आफ्नो स्वार्थपूर्ती गर्न सफल भएको स्रोतको दाबी छ।

    शुक्रबार गृहले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको थियो ।

    सिडिओको सरुवामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भन्दा पनि गृहसचिव महेश्वर न्यौपानेले प्रधानमन्त्री ओलीको नाम भजाएर चलखेल गरेको गृह स्रोतको भनाइ छ।

    न्यौपानेमाथि गृहसचिवबाट सरुवा हुन लागेको बेला  हतार- हतार सिडिओको  सरुवा गरेर आफ्नो स्वार्थपूर्ती गरेको आरोप लागेको छ। गृहमन्त्री बादलका सहयोगी र गृहसचिव महेश्वर न्यौपानेले सरुवामा आर्थिक चलखेल गरेको बताइएको छ ।

    कतिपयलाई २ महिनामै समेत सरुव गरिएको छ । सचिव न्यौपानेका आफन्त सुरेश न्यौपानेलाई बाग्लुङबाट सिन्धुलीको सिडिओमा पठाइएको छ । उनी गृहको अनुभव नभएका कर्मचारी हुन् ।

    न्यौपानेकै स्वार्थमा कर्मचारी प्रशासनमा रहेका थानेश्वर गौतमलाई कास्कीमा तथा सहायक प्रवक्ता रहेका प्रेमलाल लामिछानेलाई चितवनमा सरुवा गरिएको छ ।

    अरु ४ जिल्लामा पनि उनले आफ्नो स्वार्थमा सरुवा गरेको बुझिएको छ।

    धादिङमा ज्ञान प्रसाद ढकाल, सुनसरीमा उमेश ढकाल, सिन्धुपाल्चोकमा अरुण पोखरेल,  बर्दियामा सन्तबहादुर सुनार, दाङमा दिर्घनारायण पौडेलको सरुवा भएको छ ।
    त्यस्तै, खगेन्द्र रिजालको कैलाली, शिवकुमार कार्कीको बाग्लुङ, छविलाल रिजालको सुर्खेत, गौलोचन सैंजुको रामेछाप, बन्दना राईको ओखलढुंगा, दोलखामा बासुदेव घिमिरेलाई सिडिओका रुपमा पठाइएको छ ।

    तिर्थराज भट्टराई महोत्तरी, फणिन्द्रमणि पोखरेल सप्तरी, योगेन्द्र पाण्डेको पाल्पा, सुरेश न्यौपानेको सिन्धुली, शालिकराम शर्मा पौडेललाई गोरखा पठाइएको छ ।

    ईश्वरी ढकालको रसुवा, उमेश पाण्डेको ताप्लेजुङ, मोहन अधिकारीको बझाङ, गणेश आचार्यको हुम्ला, गणेबहादुर अधिकारीको म्याग्दीमा सरुवा भएको छ ।

    ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई गृहसचिव महेश्वर न्यौपानेले  १ सय ९२ दिनमै सरुवा गरेका छन् ।

    ताप्लेजुङमा न्यौपानेले आफ्नो स्वार्थमा उमेश पाण्डेलाई पठाएको गृह स्रोतको भनाइ छ।

    ताप्लेजुङको सिडिओको रुपमा सरुवा भएर आएको एकपटक पनि जिल्ला नछाडेका चापागाँइले  निर्धारित मिति भन्दा पहिले नै सरुवा गरेको भन्दै गृह मन्त्रालयप्रति रोष प्रकट गरेका छन्।

    सामान्यतया कर्मचारीको बढुवाका लागि कम्तिमा २ सय ३३ दिन दुर्गममा काम गरेको हुनुपर्ने प्रावधान भए पनि चापागाँइका लागि यो मिति पुग्न सरुवा भएको मितिले ३८ दिन बाँकी थियो।

    सरुवा गर्ने निकायले कर्मचारीको बृत्ति विकासका लागि कम्तिमा दुर्गम क्षेत्रमा सेवा गरेको २ सय ३३ दिनलाई कुर्नु अनिवार्य रहन्छ।

    तर, चापागाँइलाई भने गृह मन्त्रालयले बढुवाका लागि चाहिने आवश्यक सेवा अवधिको ३८ दिन अगावै सरुवा गरेर गाइजात्रा देखाएको छ।

    उनले एक बर्षसम्म सरुवा भएको ठाउँंमा काम गर्न पाउनु त परै जाओस २ सय ३३ दिनमै सरुवा भएपछि चित्त दुखाएका छन् ।

    यो निर्णय गर्ने गृह मन्त्रालयको बिबेकशील नेतृत्वप्रति आभार भनेर चापागाँइले व्यङ्ग गरेका छन्।

    चापागाँइले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘जागिरको २५ औ बर्ष पुरा गर्दै गर्दा ताप्लेजुङ जिल्लाको प्रजिअ भएको १९२ औ दिनमा सरुवा भएको रहेछ ।

    सम्भवत मैले यो जिल्लामा रहेर एकपटक पनि जिल्ला नछोडेको (रमाना मिति देखि रमाना सम्म) वा अरुको जस्तो राम्रो काम गर्न नसकेको कारण पुरस्कृत गरेको हुन पर्छ । कानूनमा मैले पनि स्नातक त गरेकै हो तर कानून भन्दा पनि सामान्य मानवीय सम्वेदनाको बिषय बढुवाको लाईनमा बसेको कर्मचारीलाई बढुवा हुन आबश्यक पर्ने २३३ दिन भन्दा पनि कम १९२ दिन प्रजिअ को रुपमा काम गर्ने मौका प्रदान गर्नु भएकोमा मन्त्रालयको बिबेकशील नेतृत्व र सरोकारवाला प्रति हृदयदेखि आभार प्रकट गर्दछु । श्री पाथिभरामाताले सबैको कल्याण गरुन । ‘

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार