Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई क्षतिपूर्ति भराइने

    आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई क्षतिपूर्ति भराइने

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 606
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेहरूबाट क्षतिपूर्ति भराउने भएको छ ।

    गृहमन्त्री रवि लामिछानका अनुसारआन्दोलनका क्रममा भएका हुने क्षतिको भर्पाइका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बिल पठाउने र सरकारी बाँकीसरह उठाउने निर्णय भएको हो ।



    शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान रहेको तर आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।



    ‘मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ । बिल चाँडै पठाइने छ,’ लामिछानले फेसबुकमार्फत भनेका छन् ।

    यस्तै सरकारले काठमाडौंस्थित माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको निषेधित क्षेत्र हटाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार