Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्डलाई सूचना चुहाएको आरोपमा गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्डलाई सूचना चुहाएको आरोपमा स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् ।

मन्त्रालयको सचिवालयमा बसेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहसँग पदको बार्गेनिङ गरेको आरोपमा बादलले तामाङलाई हटाएका हुन् ।

गृहमन्त्री बादलले सचिवालयमा बसेर प्रचण्डसँग पदको बार्गेनिङ गर्ने र युवा संघको एकता भाड्ने काम गरेको आरोप तामाङमाथि लगाएका छन् ।

‘सचिवालयमा बस्ने तर प्रचण्ड समूहसँग पदको बार्गेनिङ गर्ने’, बादल निकट स्रोतले भन्यो, ‘युवा संघको एकता भाँड्ने काम गरेको आरोप लागेपछि गृहमन्त्रीले उहाँलाई हटाउनु भएको हो ।’ तामाङमाथि युवा संघको एकता हुन नदिएको आरोपसमेत लागेको छ ।

पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमो विभाजित भएको छ । संसद विघटन भएसँगै बादल केपी ओली समुहमा लागेका छन् । बादलसँगै तामाङपनि ओली समुहमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077