Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतबाट तस्करी गरेर ल्याएको कछुवासहित आलम पक्राउ

काठमाडौं। महानगरीय प्रहरी वृत्त थानकोटले भारतबाट तस्करी गरेर ल्याएको कछुवासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

आइतबार दिउँसो महानगरीय प्रहरी प्रभाग नागढुंगामा भारत पटना घर बताउने २३ वर्षीय फैजल आलमलाई  ६ वटा व्ल्याक पाउण्ड प्रजातिको कछुवासहित  प्रहरीले पक्राउ गरेको हो ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७०१४ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार आलमले झोलामा लुकाई ल्याएको उक्त कछुवा फेला पारेको हो ।

आलमलाई बरामद कछुवा सहित थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077