Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विष बन्न थाल्यो सेनिटाइजर, विराटनगरमा दुई जनाको मृत्यु

मोरङ। सेनिटाइजर सेवनका कारण विराटनगरमा एकैदिन दुईजनाको मृत्यु भएको छ ।

सोमबार कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

यस्तै, झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइनमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको पनि मृत्यु भएको छ ।

प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077