Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गाडीबाट घुसको रकम फ्याँकेर गाउँपालिका अध्यक्ष फरार, ड्राइभर पक्राउ

धनुषा । जिल्ला धनुषा बटेश्वर गाउँपालिका वडा नं- ४ का अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीले आफ्नो गाडीबाट घुसको रकम फ्याँकेर फरार भएका छन् ।

भवन निर्माण प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने खबर पाएपछि खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अध्यक्ष क्षेत्रीका सवारी चालक विर बहादुर मगरलाई पक्राउ गरेको हो।

सवारी चालक विर बहादुर मगरले चलाएको गाडीमा घुसको रकम आठ लाख सहित मगरलाई पक्राउ गरिएको हो । उक्त गाडीमा सवार अध्यक्ष क्षेत्री भने फरार रहेको अख्तियारले जनाएको छ। सेवाग्राहीसँग घुसको रकम माग गरेको भन्ने सूचनाको आधारमा गाउँपालिका अध्यक्ष क्षेत्री अख्तियारको निगरानीमा थिए ।

घटनाको सम्बन्धमा अख्तियारको टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तो छ घटना विवरण:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077