Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेता जोशीको स्वास्थ्यमा सुधार, सास फेर्न घाँटीमा प्वाल पारिँदै

काठमाडौं। गत शुक्रबार बिहान मष्तिष्कघात भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भएको छ।

सोमबार बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट विस्तारै कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिएका छन् ।

डा. झाका अनुसार सोमबार बिहानदेखि उनले आफैंले सास फेरिरहेको र मेसिनले सास फेराउनु नपरेको छ।

बुधबार बिहान  बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिने डा. झाले बताए।

डा. झाका अनुसार नेता जोशीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भए पनि खतरामुक्त भने भइसकेको होइन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077