Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिम्याट खाता खेल्नेको संख्या ३० लाख नाघ्यो, कारोबार गर्ने ४ लाख मात्रै

काठमाडौं । नेपालमा डिम्याट खाता खेल्नेको संख्या ३० लाख नाघेको छ ।

पछिल्लो समय सेयर बजारमा सर्वसाधाणको आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेको संख्या बढेको हो ।

बुधबारसम्म डिम्याट खाता खोल्नेको संख्या ३० लाख ४१ लाख ६ सय ९८ पुगेको सेयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ ।

डिम्याट खाता खोल्नेहरुको संख्या ३० लाख नाघे पनि दैनिक बजारमा कारोबार गर्नेहरुको संख्या भने अत्यन्तै कम छ । अहिले दैनिक कारोबार गर्ने लगानीकर्ताहरुको संख्या ४ लाख हाराहारीमा रहेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077