Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना अपडेट : मृतकको संख्या शुन्य, ७८ जना संक्रमण मुक्त

काठमाडौँ। नेपालमा बिहीबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०७ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा ७८  जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७० हजार ६८३  पुगेको छ ।

यस्तै हिजो नेपालमा ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077