Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भूमिगत क्यासिनोमा प्रहरीको छापा, २२ लाख नगदसहित १० जना जुवाडे पक्राउ

काठमाडौं । ताहाचलस्थित होटल प्लाटिनमको अन्डरग्राउन्डमा रहेको क्लब सिएमजीमा प्रहरीले छापा हानेको छ ।

अवैध रुपमा क्यासिनो सञ्चालन हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानी त्यहाँबाट २२ लाख नगदसहित १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले  क्लब सिएमजीमा बिहीबार छापा हानेको हो ।

जुवा खेलाउने चार जना र खेल्ने ६ जनाबाट २२ लाख भन्दा बढी रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार यी हुन खेल्ने र खेलाउनेहरु : 

खेल्नेहरु:-

१. रंजित कुमार जैसवाल वर्ष ३८ भारत विहार मोतिहारी घर हुने

२. सोहन प्रसाद वर्ष ३५ भारत विहार मोतिहारी घर हुने

३. मुमताज मिँया वर्ष ४२ भारत विहार बेतिया घर हुने

४. शेख मुर्तुजा अलि वर्ष ५० भारत कलकत्ता मेडनापुर घर हुने

५. राज कुमार सिंह वर्ष ३२ जिल्ला धनुषा जनकपुर उ.म.न.पा. १३ घर हुने

६. टिन्कु प्रसाद वर्ष ३७ जिल्ला बारा बारागढी न.पा. वडा नं. ६ घर हुने

(ख) खेलाउनेहरु:-

१. महेश मल्ल वर्ष ६२ का.जि. का.म.न.पा. वडा नं. २२ (मेनेजर)

२. कमल देव चौधरी वर्ष ५२ जिल्ला सर्लाही इश्वरपुर न.पा. वडा नं. ०९ घर हुने (सहायक मेनेजर)

३. अजय यादव वर्ष २३ जिल्ला सर्लाही बरथहवा ४ घर हुने (एडिमिन स्टाफ)

४. सचिन वाग्ले वर्ष ४१ जिल्ला सर्लाही वरथहवा ११ घर हुने (क्यासियर)

(ग) बरामद  सामानहरु :-

१. नगद रु ८२६,९८० ।-(आठ लाख छब्बीस हजार नौ सय असी)

२. क्यासिनो क्याईन ३९० वटाको रु ५,७०,०००(पाँच लाख सत्तरी हजार)

३. चेक ३ थान ९,००,०००।–(नौ लाख)

४. खुल्ला तास १५ बुक

५. ग्रिन गोल्ड र प्लाटिनम कार्ड थान ३

६. पैसा गन्ने मेशिन थान १

७. Slot Meter Reading बुक थान १

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077