Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कञ्चनपुरको बेलौरीमा प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान, एक भारतीयको मृत्‍यु

    कञ्चनपुरको बेलौरीमा प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान, एक भारतीयको मृत्‍यु

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.9K
    SHARES

    कञ्चनपुर ।  कञ्चनपुरको बेलौरी नगरपालिका- ७ पौलाहास्थित  सीमा क्षेत्रमा प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ।

    सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ।



    ४ जनाको संख्यामा रहेका तस्करहरुको समूहले प्रहरीमाथि एक्कासी गोली चलाएको प्रहरीको भनाइ छ ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि एक्कासी तस्करहरुको समूहले गोली चलाएपछि जवाफी फायरिङका क्रममा भारतीय नागरिकको मृत्यु भएको हो ।

    गोली हानाहान हुँदा गस्तीमा रहेका एक प्रहरी सामान्य घाइते भएका छन्। ।

    प्रहरीको गोली लागेर मृत्‍यु भएका भारतीय नागरिक  उत्तर प्रदेशको तिलिभितका २५ वर्षीय गोविन्द सिंह रहेको खुलेको छ।

    प्रहरीले उनको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको गरेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार