Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सीमा नाकामा प्रहरी र तस्करबीच गोली हानाहान, भारतीय तस्कर घाइते

    सीमा नाकामा प्रहरी र तस्करबीच गोली हानाहान, भारतीय तस्कर घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 2.8K
    SHARES

    कैलाली । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ।  सोमबार साँझ  भारतीय लागुऔषध तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

    सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको प्रहरी स्रोतले वताएको छ ।



    मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको हो ।



    भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भएको वताइएको छ। बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गरेको प्रहरीको भनाइ छ ।

    प्रहरीको गोली लागेर भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका  सिंह घाइते भएका छन् । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार