Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ आज फागुन २२ गते शनिबारको राशिफल

    यस्तो छ आज फागुन २२ गते शनिबारको राशिफल

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन पनि हुन सक्छ ।



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।



    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । रमाइलो यात्राको सम्भावना पनि रहेकोछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग पनि छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार