Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विवाद र अन्योलका बीच प्रतिनिधिसभा बैठक बस्दै

    विवाद र अन्योलका बीच प्रतिनिधिसभा बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । राजनीतिक विवाद र अन्योलका बीच प्रतिनिधिसभाको हिउंदे अधिवेशन आजदेखि सुरु हुँदै छ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि संसदको सातौँ अधिवेशन शुरु हुन लागेको हो ।



    प्रधानमन्त्री के पी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि राजनीतिक अन्योल बढ्दै गएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समुहमा विभाजित छ ।



    निर्वाचन आयोगले नेकपाको आधिकारिता विवाद टुंगो लगाउन सकेको छैन । सबैभन्दा विवादित भूमिकामा निर्वाचन आयोग छ ।

    नेकपाको दुवै समूहले आधिकारिकता दाबी गर्दै आएको छ । नेकपाको प्रचण्ड नेपाल समूह, नेपाली कांग्रेस र जसपाले प्रधानमन्त्री ओलीलाई राजिनामा दिन दवाव दिँदै आएका छन् ।

    ओलीले राजिनामा नदिने अडान लिएका छन् । उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने रणनीतिमा प्रचण्ड नेपाल समूह छ ।

    अहिले प्रतिनिधिसभामा नेकपाका सभामुखसहित १७३, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसद छन् । नेकपाका सानु शिवाको निधनपछि एक पद रिक्त छ । कांग्रेस र जसपाका दुई दुई सांसद अदालतको आदेशनुसार निलम्बनमा छन् ।

    राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका एक एक तथा एक स्वतन्त्र सांसद प्रतिनिधिसभामा छन् । यसअघि प्रतिनिधि सभाको अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार