Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संघीय संसद्‌बाट पारित

    खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संघीय संसद्‌बाट पारित

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 267
    SHARES

    काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८०’ पारित गरेको छ ।

    बुधबारको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयकलाई बैठकको बहुमतले पारित गरेको हो ।



    राष्ट्रियसभामा उत्पति भएको यो विधेयक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस भएको थियो ।



    कृषिमन्त्री साहले खाद्यपदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्नका लागि यो विधेयक महत्वपूर्ण रहेको बताए ।

    विधेयकमा खाद्य प्रयोगशाला स्थापना, यसको अनुमतिपत्र तथा नवीकरण, वस्तु आयात तथा निर्यातका बेला गुणस्तर प्रमाणीकरणलगायतका विषय समेटिएका छन् ।

    मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ताहित संरक्षणका लागि खाद्य शृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यको आधारमा स्वच्छता र गुणस्तर निर्धारण गरी त्यसको नियमन गर्ने व्यवस्था सरकारले यो विधेयकमा ल्याएको हो ।

    अन्तर्राष्ट्रियमा आएको नयाँ परिवर्तन र खाद्य स्वच्छतामा बढ्दै गएको संवेदनशीलतालाई समेत संस्थागत संयन्त्रमार्फत सम्बोधन गरी स्वस्थ्य र निरोगी नेपाल निर्माण गर्नका लागि खाद्य ऐन, २०२३ लाई प्रतिस्थापन गरी नयाँ ऐन तर्जुमा गर्न यो विधेयक ल्याइएको हो ।

    यो ऐन प्रमाणीकरण भएको मितिले ९१औँ दिनबाट लागू हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २७ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार