Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

    प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 369
    SHARES

    काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

    संसद् सचिवालयका अनुसार वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।



    बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।



    उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल र अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार