Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मनाङमा लुलुगाई हत्या आरोपमा तीन पक्राउ

    मनाङमा लुलुगाई हत्या आरोपमा तीन पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 282
    SHARES

    फाइल तस्विर

    मनाङ । मनाङमा लुलुगाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा डोल्पाको काकोट गाउँपालिका–९ का ५० वर्षीय धोर्जे गुरुङ, गोरखाको आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय सोमबहादुर गुरुङ र ५८ वर्षीय माहिला गुरुङ रहेका छन् ।



    ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू ङिस्याङमा ज्याला मजदुरी गर्दै आएका छन् ।



    उनीहरुले आइतबार साँझ डिस्याङ–६ माथिल्लो मनाङमा ढुक्टा गुरुङको लुलु प्रजातिको गाईलाई कामीबहादुर गुरुङको घरमा लगेर मासु खाने प्रयोजनका लागि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार