Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मनाङमा अलपत्र ८२ आन्तरिक तथा बाह्य पर्यटकको हवाई उद्धार

    मनाङमा अलपत्र ८२ आन्तरिक तथा बाह्य पर्यटकको हवाई उद्धार

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 753
    SHARES

    फाइल तस्विर

    मनाङ । मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।

    जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्यापले जनाएको छ ।



    हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरिएको हो ।



    एक्यापका अनुसार ७३ बाह्य पर्यटक र नौ जना आन्तरिक पर्यटक गरी हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बाढीपहिराले गर्दा सडकमार्ग अवरुद्ध भएकाले अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार