Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मड्रिड डर्बी बराबरीमा रोकियो

एजेन्सी। स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बी बराबरीमा टुंगिएको छ ।

घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई १–१ को बराबरीमा रोकेको हो ।

खेलको १५ औँ मिनेटमा लुइस स्वारेजको गोलबाट एथ्लेटिको मड्रिडका लागि गोल गरे । खेलको ८८ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेर रियल मड्रिडलाई हारबाट जोगाए ।

बराबरीपछि शीर्ष स्थानको २५ खेलबाट ५९ अंक भएको छ । तेस्रो स्थानको रियल मड्रिडको २६ खेलबाट ५४ अंक भएको छ ।

अरु खेलमा एथ्लेटिको बिल्बाओले ग्रानाडालाई २–१, रियल सोसिडाडले लेभान्टेलाई १–० तथा सेल्टा डी भिगोले हुएस्कालाई ४–३ ले पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077