Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

महिलाहरुले अधिकार प्राप्तिका लागि आन्दोलन नै गर्नुपर्ने पम्फा भुसालको भनाइ

काठमाडौँ । साविकको नेकपा प्रचण्ड-माधव समूहकी नेत्री पम्फा भुसालले महिलाहरुले अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताएकी छिन् ।

सोमबार १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताएकी हुन् ।

अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा मात्र महिलाहरुले धेरै अधिकार पाएको तर कार्यान्वयनको चुनौती रहेको भन्दै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी छिन् ।

'मुलुकमा हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर अवसर पाउनुपर्दछ,' उनले भनिन् ।

‘हामीले राष्ट्र प्रमुखदेखि न्यायपालिकालगायतका विभिन्न क्षेत्रमा महिलाको प्रतिनिधित्व भएको छ । तर संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू भइराखेका छैनन् ।

महिलालाई पैतृक सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

नारी दिवसको अवसरमा आज अनेरास्ववियूले टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077