Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रचण्डजी २० महिनामै धुलोपीठो हुनुभयो : विप्लव

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष रहेका पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जनमुक्ति सेनाको पैसा खै भन्ने प्रश्न गरेका छन्।

सरकार र बिप्लव समूहबीच सहमति भएसँगै शान्तिपूर्ण राजनीतिमा आएका महासचिव विप्लवले प्रचण्डलाई शिविरमा रहेका लडाकुका लागि विनियोजित १९ अर्ब खोई भनी प्रश्न गरेका हुन् ।

सोमबार कपिलवस्तुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलनमा उनले उक्त रकमबारे प्रश्न गरेका हुन् ।

‘जनमुक्ति सेनाका लागि आएको १९ अर्ब कस्ले खायो ,’ विप्लवले प्रचण्डतर्फ इंकित गर्दै भने,‘बजारमा १९ अर्ब भ्रष्टाचारको कुरा उठेको छ ।’ आफूहरु माओवादीमा रहँदा पनि यसबारे आवाज उठाएको स्मरण गराउदै  उनले भने,‘हामीले त्यसका विरुद्ध लड्यौं र उठ्यौं ।’

फरक प्रसंगमा उनले भने ‘प्रचण्डले हाम्रो एक जना कमरेडलाई बोलाएर भन्नुभएछ, २० बर्ष मलाई कसैले हल्लाउन सक्दैनन् भन्नुभएछ । तर, हामीले छाडेको २० महिना नहुँदै धुलोपिठो भइसक्नुभयो ।

‘जनताले खुशि भएर ओलीलाई र प्रचण्डलाई दुई तिहाई दिएको उल्लेख गरे । तर पछि दुबैजना आफ्नो मान्छे सरकारमा नराखेको रीसमा लडाई गर्दा देशको हालत बिगारेको उनले बताए।

पछिल्लो समय ओली र प्रचण्डले आफ्नो स्वार्थमा कुरा नमिलेपछि जनताको विश्वास भत्काएर एक–अर्काविरुद्ध खनिएको उनको ठम्याई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077