Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

    प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले दिएको आदेश अनुसार गत आइतबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका स्थगित भएको थियो ।



    पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै तत्कालीन अवस्थामा राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले बैठक बहिष्कार गरेका थिए भने कांग्रेसले अवरोध गरेको थियो ।



    दुवै पार्टीले सरकारले पेश गर्न लागेको सात वटा अध्यादेशको जिरोव गर्द सदन चल्न नदिने भन्दै नारावाजी गरेका थिए । विरोधकाबीच अध्यादेश पेश गर्न खोजेपछि सदन अवरुद्ध बनेको थियो ।

    कांग्रेस र माओवादी केन्द्रका सांसद बाहिरिएपछि सभामुख अग्नीप्रसाद सापकोटाले आजसम्मका लागि सदन स्थगित गरेका थिए ।

    नेकपाको नाम सम्बन्धी सर्वोच्चको पछिल्लो फैसलासँगै एकता औपचारिक रुपमा भंग भएपछि नेकपाका सांसदहरु पूर्ववत एमाले र माओवादी केन्द्रका रुपमा सदनमा जाने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार