Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मंगलबार चीनमा कोरोना सङ्क्रमित भेटिएनन्

एजेन्सी। चिनियाँ अधिकारीहरुले त्यहाँ स्थानीय स्तरमा नै सङ्क्रमित भएका कोरोना सङ्क्रमित भेटिएका छैनन् । त्यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार सो जानकारी दिएका हुन् ।

उनीहरुले मंगलबार चीनमा देशभित्रै सङ्क्रमण सरेका सङ्क्रमित नभेटिएको बताएका छन् ।

बुधबार चीनमा पाँच जनामात्र सङ्क्रमित भेटिएका थिए र उनीहरु पनि चीन भित्र पाइएको नभएर चीन बाहिरबाट आएको बताइएको थियो ।

बेइजिङमा बुधबार दिइएको जानकारीमा त्यहाँ मंगलबार पाँच जना सङ्क्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएका थिए । ती पाँच जना सांघाइमा भेटिएका थिए ।

उनीहरु कुन देशबाट आएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077