Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

माओवादीमा फर्कने सम्भावना न्यून : लेखराज भट्ट

काठमाडौँ। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफू माओवादी केन्द्रमा फर्कने सम्भावना न्यून रहेको बताएका छन् ।

बुधबार संसद् भवनमा बोल्दै मन्त्री भट्टले माओ‌वादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि आफू पार्टीमा फर्कने सम्भावना न्यून रहेको बताएका हुन् ।

भट्ट माओ‌वादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद समेत हुन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनी ओलीसमूहमा लागेका थिए । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल, टोप बहादुर रायमाझी र मणी थापा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077