Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बागमतीमा छाडियो मेलम्चीको पानी

काठमाडौँ । मेलम्चीको पानी महाशिवरात्रीलाई लक्षित गर्दै बागमती नदीमा छाडिएको छ।

सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा गरिएको पानी बुधबार दिउँसोदेखि बागमतीमा छाडिएको हो। बुधबार दिउँसो छाडिएको पानी बिहीबार रातिसम्म छाडिने बताइएको छ।

प्रतिसेकेन्ड ५०० लिटरको क्षमतामा पानी बागमतीमा मिसाइएको हो। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलमा मेलम्चीबाट आएको पानी अवलोकन गरेका थिए।

त्यसक्रममा उनले शिवरात्रीको दिन बागमतीमा सङ्लो पानी बग्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077