Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जसपाको सचिवालय बैठक जारी, सरकारमा जाने/नजाने बारे निर्णय हुन सक्ने

    जसपाको सचिवालय बैठक जारी, सरकारमा जाने/नजाने बारे निर्णय हुन सक्ने

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 3.3K
    SHARES

    काठमाडौँ। बुधबार बसेको पदाधिकारी बैठले  कुनै निर्णय गर्न  नसकेपछि आज जनता समाजवादी पार्टी (जसपा)को सचिवालय बैठक जारी रहेको छ ।

    बैठक पार्टी कार्यालय बालकुमारीमा जारी रहेको छ । आजको बैठकले सरकारमा जाने/नजाने विषयमा छलफल गर्नेछ।



    सर्वोच्चले संसद् पुनर्स्थापना गरेपछि नयाँ सरकार गठनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले जसपालाई सत्ता सहकार्यको प्रस्ताव राखिरहेको छ ।



    त्यस्तै, नेकपा एमालेले पनि आफ्नो सरकार जोगाउन जसपालाई सत्तामा आउन प्रस्ताव अघि सारेको छ ।

    जसपाले भने मधेस आन्दोलनको वेलामा पक्राउ परेका रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनसहितका माग पूरा भएपछि मात्रै सरकारमा जाने बताउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार