Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चैत १५ बाट पाउने भए काठमाडौंबासीले मेलम्चीको पानी

    चैत १५ बाट पाउने भए काठमाडौंबासीले मेलम्चीको पानी

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । तीन दशकको प्रतिक्षापछि उपत्यकाबासीले यसै वर्ष मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन् ।

    सरकारले आमागी चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको हो । यद्यपी सबै ठाउँमा भने अझै पनि पाइप विवच्छ्याउने काम सम्पन्न भएको छैन ।



    मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो ।



    अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने छ ।

    सुरुङ भरिन ३÷४ दिन लाग्ने आयोजनाले जनाएको छ । सुरुङ भरिएपछि १० दिन जति पानी त्यसै छाडिने र त्यसपछि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खसालिने छ ।

    आयोजनाका अनुसार चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुने छ ।

    नयाँ पाइपलाइनको परीक्षण नसकिन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार मेलम्चीको पानी विरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ ।

    पहिलो चरणमा काठमाडौंमा १ हजार १०० किलोमिटर पाइप बिछ्याइएको छ । त्यसमध्ये अब ८.१० किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ ।

    अहिलेसम्म २०० किलोमिटर क्षेत्रमा बिछ्याइएको नयाँ वितरण लाइनको पाइपको परीक्षण सकेर १५ हजार वटा मिटर जडानको काम पनि सकिएको छ ।

    अहिलेसम्म सुख्खा मैसममा काठमाडौं उपत्यकामा दैनिक ६ करोड लिटर मात्र पानी वितरण हुँदै आएको छ। अब १७ करोड लिटर थपिएर वितरण क्षमता ४ गुणा बढ्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार