Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी भर्नामा पास गराईदिन्छु भन्दै लाखौँ ठगी गर्ने पक्राउ

बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती सोनारी गाउँपालिका ६ का आशिष मल्ल ठकुरी रहेका छन् ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार आफूलाई सामाजिक अभियन्ता बताउने ठकुरीले सल्यानका भिमबहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएका थिए ।

पीडितको जाहेरीका आधारमा ठकुरीलाई पक्राउ गरीएको एसपी रानाले बताए ।

ठकुरीले पीडितबाट एक पटक ४ लाख र अर्को पटक २ लाख आइएमईमार्फत बुझेको एसपी रानाले बताए ।

पक्राउ परेका ठकुरीबाट पीडितको पैसासमेत असुलउपर गरी ठगी मुद्दा चलाएको प्रहरी प्रमुख रानाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077