Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसमूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ।

बानेश्वरस्थित एक पार्टी प्यालेसमा सुरू भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमबारे छलफल गरी आगामी रणनीति तय गर्ने नेता भीम रावलले जानकारी दिएका छन् ।

यसअघिको बैठकमा नेपाल-खनाल समूहले जिल्लादेखि केन्द्रसम्म समानान्तर कमिटी बनाउने घोषणा गरेको छ ।

एमाले अध्यक्ष ओलीले आफ्नो पक्षका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल-खनाल समूहले त्यसका विरुद्ध पार्टीमा समानान्तर कमिटी बनाउने निर्णय गरेको हो।

नेपाल-खनाल समूहले आगामी चैत ४ गते राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077