काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठ को निधनप्रति शोक प्रस्ताव पारित गर्न आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
पार्टीका अनुसार बैठक बुधबार बिहान ८ः३० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।
यसैबीच, श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने पार्टीले जनाएको छ।