Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। 

पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठको आज ललितपुरस्थित हेलियस अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

८३ वर्षीय श्रेष्ठ लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान श्रद्धाञ्जलीका लागि सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाट मा अन्त्येष्टि गरिने छ।

२०१७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय श्रेष्ठ २०३६ सालको जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन र २०६२–६३ सालको दोस्रो जनआन्दोलनका सक्रिय सहभागी थिए।

उनी उपप्रधानमन्त्रीसहित शिक्षा, वन तथा भूसंरक्षण, उद्योग र भौतिक योजना तथा निर्माणमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए। सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका श्रेष्ठ नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न संस्थासँग आबद्ध थिए।

केहीदिनअघि मात्रै ४४औँ बीपी स्मृति तथा जरा अभियान समापन र नयाँ अभियान घोषणा कार्यक्रममा बोल्दै सभापति गगन थापाले पार्टीको संगठनात्मक संरचनामा लामो समयदेखि पुर्‍याएको योगदानको सम्मानस्वरूप श्रेष्ठलाई  वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए। 

केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक अनुमोदन गराउनका लागि बैठक बोलाउने तयारी भइरहेको थियो ।

तर, सभापति थापाको प्रस्ताव कार्यान्वयन नहुँदै नेता श्रेष्ठको मङ्गलबार निधन भएको हो । 

पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई अस्पतालमै भेटेर वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णयबारे जानकारी गराएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077